१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

नेप्से लगातार दोस्रो दिन घट्यो

बजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । कारोबार हुने साताको पहिलो दिन आइतबार साढे १८ अंकले घटेको नेप्से सोमबार २.०७ अंक घटेर २९६२.१३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।

सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार साढे २६ अर्बको कारोबार भएको बजारमा सोमबार ३२१ स्टकको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँबराबरको ४ करोड ४१ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भि इनर्जीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्रेड टावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने सोमबार ८.४९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्सको ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको करिब ७७ करोड रङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये सोमबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.२४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत बढीले र वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय