जेनजी आन्दोलनको असर : ‘जारी २’को प्रदर्शन रोकियो

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितीको कारण फिल्मको रिलिज एकपछि अर्को गरि स्थगित हुन थालेका छन् । गतसाता ‘अभिमन्यु’को प्रदर्शन स्थगित भैसकेको छ ।

संविधान दिवसको अवसरमा ३ असोजमा प्रदर्शन तयारीमा रहेको प्रतीक्षित नेपाली फिल्म ‘जारी २’को प्रदर्शन रोकिएको छ । फिल्मका निर्माता रामबाबु गुरुङले मुलुकको वर्तमान स्थितीलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शन नहुने बताए । ‘मुलुकको जनजीवन पुनः लयमा फर्किन थालेको खण्डमा नयाँ मिति घोषणा हुने नै छ’ गुरुङले अनलाइनखबरसँग भने ।

विकसित घटनाक्रमले दशैंको फूलपातिमा रिलिज हुन लागेका फिल्मको प्रदर्शन पनि प्रभावित हुनसक्ने देखिएको छ । जेनजी आन्दोलनपछि मुलुकको समग्र मुड र प्रचारप्रसार रिलिज हुँदा ती फिल्मलाई पनि असर पर्न सक्ने देखिन्छ ।

मनोरञ्जन क्षेत्र कति चाँडो लयमा फर्किनेछ भन्ने कुरा राजनीतिक परिस्थिती कसरी अघि बढ्छ भन्ने कुरामा निर्भर हुने फिल्म निर्देशक मनोज पण्डितले बताए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय