१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

हिमाञ्चल बने नयाँ मिस्टर नेपाल

‘मिस्टर नेपाल वर्ल्ड’ को उपाधि ललितपुरका हिमाञ्चलराज केसीले जितेका छन् । शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ‘मिस्टर नेपाल २०२५’ को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिँदा एकदमै खुसी लागेको केसीले बताए । यो उपाधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी थपिएको उनले धारणा राखे ।

तीन शीर्ष विजेता छानिएको प्रतियोगितामा भद्रपुर झापाका गिरिशरत्न शाक्य ‘मिस्टर ग्लोबल नेपाल’ र मोरङका प्रकाश चौहान ‘म्यान अफ द वर्ल्ड’ घोषित भए । विजेता शाक्य र चौहानले प्राप्त उपाधिले आफ्ना लागि नयाँ अवसरको ढोका खोलेको बताए । यो अवसर अन्तर्राष्ट्रिय प्लेटफर्ममा सदुपयोग गर्ने धारणा उनीहरूले राखे ।

विजेताहरूले ‘मिस्टर वर्ल्ड २०२५’, ‘मिस्टर ग्लोबल २०२५’ र ‘म्यान अफ द वर्ल्ड’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पारेका छन् । भव्य रनवेमा फेसनमय उल्लासकासाथ आयोजित प्रतियोगितामा २८ युवाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा मिस्टर मल्टिमिडिया र मष्ट एक्टिभ प्रकाश चौहान, मष्ट ट्यालेन्ट विजय स्याङतान, वेस्ट फिजिक लक्ष्मण चन्द ठकुरी, मष्ट पपुलर अस्टिन शेरचन, वेस्ट पर्सनालिटी हिमाञ्चलराज केसी, मिस्टर कमर्सियल आशिष गिरी, मष्ट इन्टलेक्च्युल  सक्रिय घिसिङ तामाङ, मिस्टर स्टाइल आइक निश्चिल मानन्धर, वेस्ट स्पोटम्यान दर्पणसिंह गिरी, मष्ट क्रियटिभ सबल कटुवाल, जेन्टलम्यान विथ प्रोपोस गिरिशरत्न शाक्य रहेका छन् ।

सबै प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण सहित फाइनमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमलाले बताए । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका थिए ।

युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित भएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय