१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

‘पेन्सनपट्टा’ मा विश्वास र माया अनुबन्धित

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’ मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्।

गुरुङ सिनेमाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनीजुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन्। यता अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन्। यी दुवै गुरुङ सिनेमाबाट पहिलो पटक नेपाली रजतपटमा डेव्यु गर्न उत्साहित रहेको बताउँछन्।

त्यसमाथि गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सनपट्टा’ बाट मेन स्ट्रिमको सिनेमामा डेव्यु गर्न पाउँदा झनै उत्साहित बनाएको उनीहरू बताउँछन्।

कार्तिकबाट फ्लोरमा निस्कने यो सिनेमाको शीर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भए पनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताँछन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए।

सिनेमाको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ। सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन्।

निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार समेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन्। उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए। माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय