१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को प्रभाव : १४ जनाको ज्यान गयो

ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को ठूलो प्रभाव परेको छ । आँधीका कारण कम्तिमा १४ जनाको ज्यान गएको छ । यस्तै एक सय २० जना भन्दा धेरै बेपत्ता भएका बीबीसीले जनाएको छ । त्यहाँ मुसलधारे वर्षा र बाढी आएको छ । यसले गर्दा एउटा ताल फुटेर मानिस हताहत भएका हुन् ।

ताइवानको पूर्वी हुवालियनको गुआङ्फु शहरमा ताल फुट्दा ठूलो बाढी आएको हो । रागासाले ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ । शक्तिशाली हावाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ । हङकङमा आज पनि विद्यालय बन्द गरिएको छ ।

चीनको ग्वाङदोङ प्रान्तबाट तीन लाख ७० हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । ‘रागासा’ आँधी ग्वाङदोङमा बज्रिने मौसमविद्को अनुमान छ । यो आँधीले यसअघि फिलिपिन्समा प्रभाव पारेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय