बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट सदरमुकाम गौरमा बाढीको पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। बागमती र लाल बकैया नदीमा गत साता आएको बाढीको पानीले निकास नपाएर नेपाल-भारत सीमाको दशगजा क्षेत्र डुबानमा परेको छ।

सदरमुकाम गौर नगरपालिका १ स्थित नेपाल-भारत सीमा क्षेत्रमा जमेको पानीमा तैरिँदा राजदेवी नगरपालिका वडा नम्बर ८ की १५ वर्षीया रागनी यादव, १३ वर्षीया आस्था कुमारी बैठा र १५ वर्षीया मौसमी बैठाको पानीमा डुबेर मृत्यु भएको हो।

सोमबार बिहान सात जना बालबालिका गाउँबाट घाँस लिन गएका थिए। घाँस लिएर फर्कने क्रममा सातै जना पानीमा डुबेका थिए। स्थानीय र प्रहरीको सहयोगमा चार जना सकुशल निस्कन सफल भए पनि तीन जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय