कांग्रेसको समानुपातिक बन्दसूची : यसअघि समानुपातिक सांसद भएकालाई नराखिने

नेपाली कांग्रेसले प्रदेशगत रूपमा कुन क्लस्टरबाट कति नेतालाई समानुपातिकको बन्दसूचीमा राख्ने भन्ने विषय टुंग्याएको छ । आइतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई प्रदेशगत रूपमा कुन क्लस्टरमा कति–कति व्यक्ति राख्ने भन्ने विषयमा टुंग्याउन जिम्मेवारी दिइएको थियो । नेताहरूले त्यो विषय लामो छलफलपछि टुंग्याएका हुन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले प्रदेशगत रूपमा कोशी प्रदेशबाट १९, मधेस प्रदेशबाट २१ जना, बागमती प्रदेशबाट २२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट १८ जना, कर्णाली प्रदेशबाट ११ जना र सुदूरपश्चिम प्रदेशबाट १० जना नेता गरी ११० जनाको नाम समानुपातिकको बन्दसूचीमा राख्ने निर्णय भएको छ ।

कांग्रेसले प्रदेशगत रूपमै निर्वाचन आयोगले छुट्टयाएका ६ क्लस्टरमा कुन क्लस्टरबाट कति जनालाई राख्ने भन्ने पनि टुंग्याएको छ । आयोगले आदिवासी/जनजाति, खस/आर्य, थारु, दलित, मधेसी र मुस्लिम गरी ६ क्लस्टर छुट्टयाएको छ ।

कोशी प्रदेशबाट आदिवासी/जनजातिमा ९, खस/आर्यमा ४, थारुमा १, मधेसीमा १, दलितमा २ र मुस्लिम क्लस्टरमामा २ जना गरी १९ जना बन्दसूचीमा राखिने प्रचार विभाग प्रमुख विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।

मधेस प्रदेशबाट आदिवासी/जनजातिमा १, खस/आर्यमा १, थारुमा १, दलितमा ४, मधेसीमा १२ र मुस्लिम क्लस्टरमा २ जरी जम्मा २१ जनाको नाम बन्दसूचीमा राखिनेछ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय