१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

पाटेबाघको आक्रमणबाट भण्डारीको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरी निवासी मरिचमान भण्डारीलाई पाटेबाघले आक्रमण गरेको छ । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको भएको छ । गाई चराउन गएका बेला शनिबार दिउँसो साढे १ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जंगलमा बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी पिमलाल डाँगीले जानकारी दिए ।

‘हामी सँगै गाई ग्वाला गएका थियौं, बाघले एक्कासी आक्रमण गर्यो, हामी चिच्याउँदा–चिच्याउँदै पनि बाघले लग्यो,’ उनले भने । बाघले आफुहरुलाई समेत आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको डाँगीले बताएका छन् । बाघको आक्रमणबाट ६२ वर्षीय भण्डारीको घटनास्थलमै मृत्यु भएको उनले सुनाए ।

घटना सार्वजनिक भएपछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली अहिले जंगलमा पुगेको छ । घटनास्थल पूर्व–पश्चिम राजमार्गको सौरी खोलाबाट उत्तरतर्फ पहाडमा पर्छ । घटनाको थपविवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय