१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

मदुरो पक्राउपछि ट्रम्पको धम्की- भेनेजुएलामा फेरि सैन्य कारबाही हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि फेरि सैन्य कारबाही हुन सक्ने बताएका छन्।

भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भोलिपल्ट ट्रम्पले त्यहाँ फेरि सैन्य कारबाही हुन सक्ने बताएका हुन्।

आइतबार निजी विमान एयरफोर्स वानभित्र पत्रकारहरूसँगको कुराकानी भेनेजुएलाले अमेरिकासँग सहकार्य नगरे फेरि हमला हुन सक्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनले कोलम्बिया र मेक्सिकोलाई अमेरिकामा लागुऔषध तस्करी रोक्न चेतावनी दिए। नरोके  उनीहरूमाथि पनि सैन्य कारबाही हुन सक्ने भनेर ट्रम्पले धम्की दिएको रोयटर्सले जनाएको छ। मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएपछि ट्रम्पले भेनेजुएलामा तत्काल अमेरिकी नियन्त्रण रहने बताएका थिए।

त्यस्तै तेल कम्पनीहरूलाई भेनेजुएला लैजाने र अर्बौं डलर खर्च गरेर बिग्रिएको तेल पूर्वाधार, विशेषगरी तेलसम्बन्धी संरचना मर्मत गर्ने बताएका थिए। यसबाट भेनेजुएलाले आम्दानी गर्ने र छिट्टै समृद्ध बन्ने बताएका थिए। मदुरोको पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति बनेकी छन्। ट्रम्पले अमेरिकी चाहनामा भेनेजुएलाले सहकार्य नगरे त्यहाँ फेरि हमला गर्ने चेतावनी दिएका हुने।

भेनेजुएलाको सत्तारूढ दलका वरिष्ठ नेता दियोस्दादो काबेलोले अमेरिकाको नियत अन्ततः खुलस्त भएको बताएका छन्। ‘उनीहरूलाई हाम्रो तेल मात्र चाहिएको रहेछ भन्न खुलस्त भयो,’ उनले भनेका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय