१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

ऐरावतीमा राति मात्र टिपर सञ्चालन गर्ने पाइने

टिपरको चापले दुर्घटनाको जोखिम बढाएको भन्दै ऐरावती गाउँपालिकाले समय निर्धारण गरेको छ। सडकमा पैदल यात्रु व्यस्त रहने समय बाहेकमा मात्र टिपर सञ्चालन गर्न पालिकाले सार्वजनिक सूचना जारी गरेको छ।

पालिकाकाअनुसार अब बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म मात्र टिपर चलाउन पाइनेछ। ‘जुन समयमा विद्यार्थी, सर्वसाधारण र यात्रुवाहक सवारी सडकमा हुन्छन् त्यहि समयमा टिपरको लाइन आउँछन्।’ ,गाउँपालिकाका अध्यक्ष नविकल विक्रम शाहले भने, ‘सर्वसाधारणको व्यापक गुनासो आएपछि टिपर संचालनको लागि समय निर्धारण गरिएको हो।’ मानव जिऊधनको सुरक्षाका लागि दुर्घटना जोखिम कम गर्न यस्तो समयसिमा तोकिएको उनले बताए।

मंसिर २३ गतेको कार्यपालिकाको बैठकले निर्णय गरेपनि सरोकारवालाहरूको समन्वय पछि मात्र सार्वजनिक सूचना जारी गरि सवारी सञ्चालनको समय तालिका बनाइएको गाउँपालिकाले जनाएको छ। ‘विशेषतः विद्यालय समयमा टिप्परहरु अत्यधिक संचालन हुँदा सुरक्षा संवेदनशीलता बढाएको भनी गुनासो आएकोले मानवीय सुरक्षा संवेदनशिलतालाई मध्य नजरगरी आवातजावतको समय निर्धारण गरिएको हो।’ ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले बताए।

अति आवश्यक अवस्थामा गाउँपालिका तथा वडा कार्यालयहरूको समन्वयमा भने सञ्चालन गर्न सकिने ऐरावती गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय