बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्नो व्यावसायिक जीवनभन्दा बढी व्यक्तिगत सम्बन्ध र विवाहको चर्चाका कारण सामाजिक सञ्जालमा छाएकी छन्। श्रद्धाले आफ्ना कथित प्रेमी राहुल मोदीसँग चाँडै नै लगनगाँतो कस्न लागेको दाबीसहितका खबरहरू भाइरल भइरहेका छन्।
विशेष गरी राजस्थानको उदयपुरमा उनीहरूको भव्य विवाह हुन लागेको दाबीसहितका पोस्टहरू सार्वजनिक भएपछि यसले थप चर्चा पाएको हो। यही चर्चाका बिच श्रद्धाका दाजु एवं अभिनेता सिद्धान्त कपुरले निकै रोचक प्रतिक्रिया दिएका छन्।
इन्स्टाग्राममा भाइरल भइरहेको विवाहको एक पोस्टमा कमेन्ट गर्दै सिद्धान्तले लेखेका छन्, ‘यो त मेरो लागि पनि न्यूज (समाचार) हो।’ उनले अचम्मित भएको र हाँसेको इमोजीसहित दिएको यो प्रतिक्रियाले श्रद्धाको विवाहको हल्लामा तत्कालका लागि पूर्णविराम लगाउन खोजेको देखिए पनि फ्यानहरू भने अझै आश्वस्त हुन सकेका छैनन्।
