एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम, को-को परे ?

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फका सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार समावेशी सिद्धान्त र विभिन्न क्लस्टरका आधारमा सांसदहरूको नाम छनोट गरिएको हो।

एमालेले खस आर्य समूहबाट ५ जनालाई सांसद बनाउने निर्णय गरेको छ। यस क्लस्टरमा महिलातर्फ पूर्वमन्त्री पद्यमा अर्याल, टुकाभद्रा हमाल र पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराल समेटिएका छन्।

पुरुषतर्फ भने गुरु प्रसाद बराल र पुष्पराज कंडेलको नाम टुंगो लागेको सचिव बस्नेतले जानकारी दिए।

त्यस्तै, जनजाति क्लस्टरबाट ४ जना छानिएका छन्। जसमा महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई सांसद बनाउने निर्णय भएको छ।

मधेसी समुदायबाट ३ जनाको नाम टुंगिएको छ। जसमा महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव परेका छन् भने पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम स्वीकृत भएको छ।

दलित कोटाबाट दुईजना महिला विष्णुमाया वी.के. र नीता घटानी सांसद बन्ने भएका छन्। थारु समुदायबाट कृपाराम राणा र मुस्लिम कोटाबाट साजिदा सिद्दीकीको नाम छनोट भएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय