लेबनानमा शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेकाे बताएकाे छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली शान्ति सेनामाथि आक्रमण भएको भए पनि सैनिकहरु भने सुरक्षित रहेकाे जानकारी दिए  । उनले सेनाकाे शिविरमा आक्रमण भएको बताउँदै आक्रमणबाट नेपाली सैनिक बस्ने घरमा सामान्य क्षति भएको बताए । आक्रमणमा मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

 ‘नेपाली शान्ति सैनिक अहिले बङ्करमा सुरक्षित रूपमा बसिरहेका छन्, आक्रमणबाट सैनिक बस्ने घरमा सामान्य क्षति भएको छ, मानवीय क्षति भने भएको छैन’  प्रवक्ता  बस्नेतले राताेपाटीसँगकाे कुराकानीमा बताए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले  शुक्रबार लेबनानको मेस अलजाबेलस्थित ब्लु लाइन नजिकै युएनमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको खबर प्रसारण गरेका थिए ।

अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय