कोशी, बागमती र गण्डकीमा चट्याङसहित आज पनि पानी पर्ने

आज पनि दिउँसो र बेलुकीपख देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।

हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो । हुरीबतासले केही ठाउँमा घरका छाना उडाउनुका साथै रुखहरु ढलेका छन् भने असिनापानीले तरकारीबालीमा क्षति पुगेको छ ।

अहिलेको सिजनमा बिहानपख मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय