निर्वाचनमा पराजित बिष्णु मुस्कान आभार व्यक्त गर्न गाउँ–गाउँमा

अर्घाखाँचीमा हालै सम्पन्न निर्वाचनमा पराजित भए पनि विष्णुप्रसाद खनाल (मुस्कान) मतदाताप्रति आभार व्यक्त गर्न गाउँ–गाउँमा पुगेका छन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनतासँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउने उद्देश्यले धन्यवाद अभियान चलाएको उनी बताउँछन् । अर्घाखाँचीका विभिन्न स्थानमा पुग्दै उनले आफूलाई मतदान गर्ने तथा पार्टीको रुख चिन्हमा विश्वास गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन्।

उनले कार्यकर्ता र समर्थकहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।खनालले शितगंगा नगरपालिकाका १२ वटै वडा, छत्रदेव गाउँपालिकाका ८ वटै वडा, सन्धिखर्कका १२ ओटै वडामा पुगेर भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन्। अब बाँकी रहेका क्षेत्रमा पुगेर धन्यवाद दिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले निर्वाचनका क्रममा देखिएको साथ र सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

उनको यो अभियानले स्थानीय तहमा कार्यकर्ताको मनोबल उच्च बनाएको बताइएको छ। जिल्ला सभापति केशव श्रेष्ठका अनुसार, निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भए पनि कार्यकर्ताको उत्साह कायम राख्न र जनतासँगको सम्बन्ध थप सुदृढ गर्न यस्तो अभियान आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय