लुम्बिनीका १२ जिल्लामा अवैध क्रसर बन्द गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

‘द काउन्सिल अफ जेनजेड लुम्बिनी नामक संस्थाले गृहमन्त्रीलाई निवेदन दिएपछि मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई यस्तो निर्देशनसहित पत्राचार गरेको हो ।

चैत १७ गते पठाइएको पत्रमा द काउन्सिल अफ जेनजेड लुम्बिनीले बुझाएको निवेदनमा लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवैध रूपमा क्रसर उद्योगहरू सञ्चालन भइरहेको उल्लेख छ । उक्त निवेदनमा ती अवैध क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न आग्रह गरिएको छ ।

को पत्रमा जेनजेड लुम्बिनीले पेस गरेको ५ पृष्ठ लामो कागजातसमेत संलग्न गरी आदेशानुसार कारबाही अगाडि बढाउन अनुरोध गरिएको छ ।

अवैध क्रसरहरूलाई तत्काल बन्द गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको हो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय