
समाचार सारांश
Auto Generated by AI
- आज नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले बढेको छ।
- सुनको नयाँ मूल्य प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ।
- चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर प्रतितोला चार हजार ९७५ रुपैयाँ पुगेको छ।
आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।
आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो ।
