रवि र बालेनलाई गाली गरेर भिडिओ बनाएका एक युट्युबर पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • पाँचथरका युट्युबर रोशन पोखरेल प्रधानमन्त्री र बालेन शाहविरुद्ध अपमानजनक भिडिओ बनाएको आरोपमा पक्राउ परेका छन्।
  • प्रहरीले उनलाई साइबर अपराधको कसूरमा नियन्त्रणमा लिएको हो।
  • अदालतबाट १० दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको छ।

पाँचथरमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायत अन्य नेताहरूमाथि अपमानजनक शब्दहरू प्रयोग गरेर समाजिक सञ्जालमा भिडिओहरू बनाएपछि एक युट्युबर पक्राउ परेका छन्।

फाल्गुनन्द गाउँपालिका-७ का सामाजिक सञ्जालमा भिडिओ बनाउने युटयुबर रोशन पोखरेल पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार (चैत २६) पक्राउ गरेको हो।

उनलाई साइबरअपराध सम्बन्धी कसूरमा जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए।

उनका अनुसार रोशनले फेसबुक, इस्टाग्राम र ‘hades’ नामको युट्युब च्यानलबाट आपत्तिजनक शब्दहरू बनाएर भिडिओ बनाएका छन्।सोहीकारण उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय