प्रधानमन्त्री साहले समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन शाहले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दैछन्।
  • सिंहदरबारमा हुने छलफलमा सांसदहरूले आफ्ना क्षेत्रका समस्या राख्नेछन्।
  • नीति निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउन संवाद गर्न लागिएको हो।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।

छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय