आजदेखि देशभर आर्थिक गणना : ५ हजार जनशक्ति परिचालन

समाचार सारांश
Auto Generated by AI
  • आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ।
  • पाँच हजार गणकले असार पहिलो हप्तासम्म १८ वटा आर्थिक क्षेत्रको तथ्याङ्क सङ्कलन गर्नेछन्।
  • यसले देशभरका ठूला-साना उद्योग, व्यवसाय र विभिन्न संघसंस्थाको विवरण संकलन गर्नेछ।

आजदेखि देशभर दोस्रो आर्थिक गणना शुरु हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असारको पहिलो हप्ताभित्र सम्पन्न हुनेछ । गणनाका लागि झण्डै पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले देशको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ ।

गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ ।

त्यस क्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गएको फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको शुरुवातमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आउँदो असार मसान्तसम्म सञ्चालन हुनेछन् ।

यसअघि २०७५ सालमा पहिलो राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय