पाल्पा : पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटियो

समाचार सारांश
Auto Generated by AI
  • पाल्पाको कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई जना युवा बेपत्ता भएका थिए।
  • खोजतलासका क्रममा आज बिहान तोयानाथ बस्यालको शव फेला परेको छ।
  • अर्का बेपत्ता शरण भुसालको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पाल्पाको बगनासकाली–७ दैलातुङ कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।

नयाँ वर्षको दिन हिजो बेलुका कालीगण्डकी नदीमा पौडी खेल्न गएका बगनासकाली गाउँपालिका–९ चाप्पानी पाल्पाका ३९ वर्षीय शरण भुसाल र त्यही ठाउँका २९ वर्षीय तोयानाथ बस्याल बेपत्ता हुनुभएको थियो ।

भुसाल र बस्यालको खोजी गर्दा आज बिहान तोयानाथ बस्यालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शरण भुसालको खोजी भइरहेको छ ।

कालीगण्डकी नदीमा पौडी खेल्न गएका चार जना गएका थिए । उनीहरूलाई नदीले बगाएको र दुई जनाले पौडिएर नदी पार गर्न सफल भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय