
समाचार सारांश
Auto Generated by AI
- आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
- सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ कायम भएको छ।
आज सुनको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।
हिजो तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । हिजो तोलाको पाँच हजार १९० रुपैयाँ रहेको चाँदी आज तोलाको पाँच हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
