
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई राजीनामा दिन सुझाव दिएका छन्।
- गृहमन्त्रीको विवादित कार्यशैली र अभिव्यक्तिप्रति साम्पाङले असन्तुष्टि जनाएका हुन्।
- सेयर लगानीको स्रोतलाई लिएर प्रश्न उठेपछि गृहमन्त्री आलोचनाको घेरामा परेका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन्।
काठमाडौंमा सम्पाङले आज पत्रकार सम्मेलन गरेर भने, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताको दुई तीन चोटी सुनिराखिन्छ। घरि के घरि के त्यसकारण उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु।’
पछिल्लो समय गृहमन्त्री गुरूङको सेयर लगानी स्रोतमा प्रश्न उठेको हो। उनले ऋण लिएर सेयर किनेको बताएका थिए।
