
- सङ्घीय मामिला मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तत्काल हाजिर हुन र रमाना दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
- कार्यस्थलमा नपुग्ने कर्मचारीलाई तीन दिनभित्र अनिवार्य हाजिर हुन वा रमाना लिन कडा निर्देशन जारी गरिएको छ।
- तोकिएको समयभित्र पालना नगर्ने कर्मचारीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ ।
मन्त्रालयले सूचना निकालेर पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ ।
मन्त्रालयले कर्मचारीलाई समेत तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ । विभिन्न ठाउँमा खटाइएका कर्मचारी अहिलेसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि मन्त्रालयले सूचना निकालेको हो ।
सूचनामा तोकिएको समयभित्र हाजिर नभए कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।
