अक्षय कुमारको फिल्मले कमायो ११५ करोडभन्दा बढी

समाचार सारांश
Auto Generated by AI
  • अक्षय कुमार अभिनित फिल्म भूत बंगलाले भारतीय बक्स अफिसमा ११७ करोड भारू कमाएको छ।
  • फिल्मको विश्वव्यापी कमाइ १५० करोड भारू नाघेको छ।
  • प्रियदर्शन निर्देशित यो हरर-कमेडी फिल्ममा अक्षयसहित तब्बु र परेश रावलको मुख्य भूमिका छ।

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘भूत बंगला’ ले भारतीय बक्स अफिसमा ११५ करोड भारूको आँकडा पार गरेको छ। यो हरर-कमेडी फिल्मले रिलिजको ११ औं दिनमा उक्त आँकडा पार गरेको हो।

फिल्मले दोस्रो सातामा पनि राम्रो प्रदर्शन जारी राखेको छ। राम्रो विकेन्डपछि सोमबार भने फिल्मको कमाइमा केही गिरावट देखिएको छ। ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार ‘भूत बंगला’ ले सोमबार भारतमा ३.६५ करोड भारू कमाइ गरेको छ। यससँगै फिल्मको घरेलु कुल कमाइ ११७.०५ करोड भारू पुगेको छ।

फिल्मले पहिलो साता ८४.४० करोड भारू कमाएको थियो। दोस्रो शुक्रबार ५.७५ करोड, शनिबार १०.७५ करोड र आइतबार १२. ५० करोड भारू कमाएको थियो।

विश्वव्यापी रूपमा भने फिल्मको कमाइ १५० करोड भारू नाघिसकेको छ।

‘भूत बंगला’ लाई प्रियदर्शनले निर्देशन गरेका हुन् भने अक्षय कुमार, एकता कपूर र शोभा कपूरले निर्माण गरेका हुन्। फिल्ममा अक्षयसहित तब्बु, परेश रावल, जिशु सेनगुप्ता, राजपाल यादव, वामिका गब्बी लगायतले अभिनय गरेका छन्।

यो प्रियदर्शन र अक्षयको ‘भूल भुलैया’ पछि दोस्रो हरर कमेडी सहकार्य हो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय