
समाचार सारांश
Auto Generated by AI
- बाजुराको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
- रुख काँटछाँट गर्ने क्रममा ६८ वर्षीय दलबहादुर रोकायाको ज्यान गएको हो।
- मृतक रोकाया जिल्लाका एक अग्रणी किसानका रूपमा चिनिन्थे।
बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुन्।
उनी जिल्लाका अग्रणी किसान थिए।
