
समाचार सारांश
Auto Generated by AI
- धनगढीकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ।
- पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा उनको गएराति ज्यान गएको हो।
- शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लैजाने तयारी गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले बताए।
