विशेष महाधिवेशनपछि कांग्रेसमा ३ गुट

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसमा अहिले स्पष्ट रूपमा तीनवटा गुट देखिएका छन्।
  • शेरबहादुर देउवा, गगन-विश्वप्रकाश र शेखर कोइरालाका अलग समूह क्रियाशील छन्।
  • विशेष महाधिवेशनपछि राजनीतिक समीकरण फेरिँदा यी गुटहरू सक्रिय भएका हुन्।

नेपाली कांग्रेसका स्पष्ट रूपमा ३ गुट देखा परेका छन् । गत पुसमा भएको विशेष महाविवेशनपछि कांग्रेसमा गुटको संख्या बढेको हो । विशेष महाधिवेशन हुनुभन्दा अगाडि कांग्रेसमा संस्थापन र डा शेखर कोइराला गुट थिए ।

अहिले त्यो बेलाको संस्थापन गुट निवर्तमान सभापति शेरबहादुर देउवा समूहका रूपमा गतिविधि गर्दै आएको छ । सो समूहको भेला बुधबारदेखि महाराजगञ्जस्थित स्मार्ट होटलमा जारी छ ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा अहिले संस्थापनमा छन् । उनीहरूले गरेका क्रियाकलाप पार्टीका आधिकारिक गतिविधि भइरहेका छन् ।

अर्का नेता डा शेखर कोइराला पनि विशेष महाधिवेशनपछि केही समय देउवा समूहसँगै थिए । केन्द्रीय कार्यसमिति र तत्कालिन सभापति शेरबहादुर देउवासहितको अनुमतिबिना गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेपछि त्यसविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा देउवा समूहसँग डा शेखर समूह पनि गएको थियो ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि भने शेखरले आफ्नो पुरानो गुट व्यूताएका छन् । शेखरले आज बागमती प्रदेशका आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् । भेलामा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी हुने त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय