आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • देशका केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
  • उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै यो हप्ताभरि नै मौसम बदली रहनेछ।
  • हुरीबतास र चट्याङबाट हुन सक्ने सम्भावित क्षति रोक्न सावधानी अपनाउन आग्रह गरिएको छ।

आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज कोशी र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च क्षेत्रमा हिमपातको पनि सम्भावना छ । आज पश्चिमी, स्थानीय वायु तथा पूर्वी भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । यसअघि हिजो दिउँसो र बेलुका पनि हल्कादेखि मध्यमसम्मको वर्षा र कतै कतै हावाहुरी चलेको थियो ।

आज दिउँसो देशका पहाडी र हिमाली भागमा बादल लाग्नेछ । आजराति बागमती प्रदेशका केही ठाउँमा पनि मध्यमसम्मको पानी पर्ने सम्भावना छ । प्रि–मनसुनमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरीजस्ता गतिविधि हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

अहिले वर्षा गराउने प्रणाली पूर्वतिर सरेको छ । यो हप्ताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने भएकाले पानी पर्ने र रोकिने क्रम कायमै रहने मौसमविद्ले बताएका छन् ।

हुरीबतास, चट्याङ र ठूलो वर्षाबाट हुन सक्ने क्षति घटाउन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय