ट्राफिक कारबाहीबाट एकै दिन २६ लाख ६० हजार राजस्व सङ्कलन

समाचार सारांश
Auto Generated by AI
  • विगत २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार १०५ चालक कारबाहीमा परेका छन्।
  • कारबाहीबाट राज्यकोषमा २६ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
  • मादक पदार्थ सेवन, लेन अनुशासन र अन्य ट्राफिक नियम मिच्नेहरूलाई कारबाही गरिएको हो।

बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व दाखिला भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९३, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १३३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ७९ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६४ जनालाई कारबाही गरिएको हो।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय