विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बङ्गालमा संवैधानिक सङ्कट

समाचार सारांश
Auto Generated by AI
  • पश्चिम बङ्गाल विधानसभा चुनावमा भाजपाले बहुमत ल्याएपछि राज्यपालले विधानसभा विघटन गरेका छन्।
  • मुख्यमन्त्री ममता बेनर्जीले हार स्वीकार्न र राजीनामा दिन अस्वीकार गर्दा संवैधानिक सङ्कट उत्पन्न भएको छ।
  • चुनावपछिको हिंसामा परी चार जनाको मृत्यु भएको छ र थप तनाव बढ्ने जोखिम देखिएको छ।

भारतको पश्चिम बङ्गाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक सङ्कट छाएको छ ।

राज्यपाल आर. एन. रविले पश्चिम बङ्गाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक सङ्कट देखा परेको हो । राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा १७४(२)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता बेनर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टकरावको अवस्था सिर्जना भएको हो ।

चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ । भाजपाले २०७ सिट जित्दा तृणमूल कांग्रेस केवल ८० सिटमा सीमित भएको छ । ममता बेनर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित हुनुभएको हो ।

भाजपाका नेताहरूका अनुसार नयाँ सरकारले भोलि शपथ लिने तयारी छ । यद्यपि ममताले पद नछोड्ने घोषणा गरेपछि संवैधानिक प्रक्रिया र राज्यपालको भूमिकाबारे व्यापक बहस शुरु भएको छ । यदि मुख्यमन्त्रीले राजीनामा नदिए संविधानको धारा ३५६ प्रयोग गरी राज्यमा संवैधानिक व्यवस्था भङ्ग भएको भन्दै राष्ट्रपति शासन लागू गर्न सकिने सम्भावना समेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ममता बेनर्जीले भने आफूहरूलाई जनमतबाट नभई षड्यन्त्रपूर्वक हराइएको दाबी गर्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ । उहाँले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै परिणामविरुद्ध अदालत जाने संकेत समेत गर्नुभएको खबरमा उल्लेख छ ।

साथै चुनावको नतिजापछि राज्यका विभिन्न भागहरूमा भड्किएको हिंसामा कम्तीमा चार जनाको ज्यान गएको र अन्य धेरै घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय