सुदन किराती श्रम संस्कृतिमा भित्रिँदै, औपचारिक घोषणा आज

समाचार सारांश
Auto Generated by AI
  • पूर्वमन्त्री सुदन किराती आज औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै छन्।
  • किरातीले पार्टीको वरिष्ठ नेतासहित उपाध्यक्षको जिम्मेवारी पाउने सहमति भएको छ।
  • उनको समूहबाट एक सचिवसहित १५ जना केन्द्रीय सदस्य बन्ने पक्का भएको छ।

पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रिँदै छन्। आज (शुक्रबार) एकताको औपचारिक घोषणा हुने भएको छ। किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने स्रोतले जनाएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित आज श्रम संस्कृति पार्टीमा समाहित हुन लागेका हुन्। श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ र उनीबिच गएराति एकताको सहमति भएको हो।

उनको समूहले एक सचिवसहित १५ केन्द्रीय सदस्य पाउने सहमति जुटेको बताइएको छ।

उनी तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेका विभिन्न घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसमा अनुसन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै पार्टीबाट बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय