
- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ।
- सुनको मूल्य घटेर हाल प्रतितोला दुई लाख ९८ हजार पाँच सय कायम भएको छ।
- चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर पाँच हजार तीन सय ४० पुगेको छ।
नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ आज चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।
आइतबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
