अर्घाखाँचीको दुर्गाफाँटमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनीमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् जसको उद्धार कार्य जारी छ।
  • घाइतेहरूलाई थप उपचारका लागि पाल्पा र अर्घाखाँचीका अस्पताल पठाइएको छ।

अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अरु २२ जना घाइते भएका छन् ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए । उनका अनुसार अहिले उद्धारकार्य चलिरहेको छ ।

स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए। घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय