३९ अङ्कले घट्याे शेयर बजार

समाचार सारांश
Auto Generated by AI
  • हिजो बढेको शेयर बजार आज ३९.४४ अङ्कले घटेर २७४४.४० विन्दुमा पुगेको छ।
  • फाइनान्स र जलविद्युत् लगायतका अधिकांश समूह घट्दा बजारमा २५१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ।
  • बजार घटे पनि कारोबार रकम भने बढेर ४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव ४४ अङ्कले घटेर २ हजार ७४४ दशमलव ४० विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज २५१ वटा कम्पनीको शेयर घटेकोमा १३ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर झन्डै साढे १२ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन धौलागिरि लघुवित्तको शेयर १५ प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ४ अर्ब ६६ करोड रुपैयाँमा किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय