लक्ष्मण घिमिरे । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा थप १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन ।
