
- अर्घाखाँचीको पाणिनीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
- सुपा देउराली दर्शन गरेर फर्कदै गर्दा ग १ ध ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।
- दुर्घटनामा घाइते भएका २६ जनाको पाल्पा र अर्घाखाँचीका अस्पतालमा उपचार भइरहेको छ।
लक्ष्मण घिमिरे ।
अर्घखाँची,बैशाख २९ । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु हुनेमा कास्की-१९ का ७८ वर्षिय राममायाँ बस्नेत बाहेक अन्य मृतकको पहिचान हुन सकेको छैन ।
पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा २० जनाको पाल्पा र ६ जना घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।
उद्दारकै क्रममा रहेकाले केही समयपछी थप विवरण आउने प्रहरीले जनाएको छ ।
