आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत

समाचार सारांश
Auto Generated by AI
  • दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी अलराउन्डर वरियताको चौथो स्थानमा यथावत रहेका छन्।
  • एकदिवसीय अलराउन्डर वरियतामा दीपेन्द्र तीन स्थान सुधार गर्दै २८औँ स्थानमा उक्लिएका छन्।
  • एकदिवसीय ब्याटिङतर्फ दीपेन्द्र ९९औँ र आसिफ शेख ९३औँ स्थानमा पुगेका छन्।

नेपाली  राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् ।

आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा  दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ ।

यो विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै भारतका हार्दिक पाण्ड्या दोस्रो तथा पाकिस्तानका साइम अयुब तेस्रो स्थानमा छन् । अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ पाँचौँ स्थानमा रहेका छन् ।

त्यस्तै एकदिवसीय वरियताको अलराउन्डरतर्फ भने दीपेन्द्र तीन स्थान सुधार गर्दै २८ औँ स्थानमा उक्लिएका छन् । उनको रेटिङ अङ्क १५३ छ ।

त्यस्तै नेपालका अर्का खेलाडी करण केसी तीन स्थान तल झर्दै ८४औँ स्थानमा पुगेका छन् । एकदिवसीय वरियताको ब्याटिङतर्फ भने दीपेन्द्र दुई स्थान सुधार गर्दै ९९औँ स्थानमा पुगेका छन् । त्यस्तै आसिफ शेख १३ स्थान सुधार गर्दै ९३औँ स्थानमा छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय