२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

कपिलवस्तुमा गर्मीले लियो एक जनाको ज्यान

गर्मीले कपिलवस्तुमा एक जनाको ज्यान गएको छ । ‘अत्यधिक गर्मी’ का कारण जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर-१ कपासी टोलमा एक जनाका मृत्यु भएको छ।

आफ्नो छोरीलाई ईमिलियाबाट भेटेर फर्किनेक्रममा अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर-९ अर्घाका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।

गत जेठ १५ गते परियार आफ्नो घरबाट छोरीलाई भेट्न भनी घरबाट निस्किएका थिए। जेठ १७ गते  बिहीबार साँझ साढे ६ बजे तिर उनी कपसीको कडेल टोलमा मृत अवस्थामा फेला परेका हुन्।

वडाध्यक्ष तिलक बस्नेतले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको जानकारी दिए। शुक्रबार मात्र उनको पहिचान खुलेको थियो।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरण अनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए।

मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टम पछि आउने प्रतिवेदनले मृत्युको सही कारण खुल्ने उनले बताए। मृतकको शरीरको कुनै भागमा चोट छैन। मृतककी छोरी सम्झनाले आफूसँग भेटेर घर फर्किदा बुवाकाे अवस्था राम्रै रहेको बताइन।

एक साता यता जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस बढी रहँदै आएको छ। अध्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय