ओलीलाई चुनौती दिएका बालेनले लेखे– गुडनाइट केपी बा !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको फेसबुक स्टाटसमा प्रतिक्रिया दिएका छन् । सोमबार राति अध्यक्ष ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै मेयर शाहले भनेका छन्– ‘गुड नाइट केपी बा, मिठो सपना देख्नुस्।’

ओलीले हिंजो राती गोंसाईकुण्डको स्मरण गर्दै फेसबुकमा श्रीमती राधिकासहितको फोटो राखेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि !’ सोही स्ट्याटसमा बालेनले आफ्नो टिप्पणी गरेका हुन् । बालेनको सो कमेन्टमा समेत हजारौँ कमेन्ट र जवाफहरु आएका छन् ।

मेयर शाहले सोमबारै अध्यक्ष ओलीलाई  दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्क्याउन भन्दै कटाक्ष गरेका थिए ।  मेयर शाहले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय