२२ कार्तिक २०८१, बिहिबार
२२ कार्तिक २०८१, बिहिबार

एमाले प्यूठान अध्यक्षमा विजयविराज विष्ट विजयी

नेकपा एमाले प्यूठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । उनी यसअघि पनि अध्यक्ष रहेका थिए । उपाध्यक्षमा माधव शर्मा पौडेल विजयी भएका छन् ।

अध्यक्ष र उपाध्यक्षबाहेक ३ पदाधिकारी र सबै पदमा निर्विरोध भएको एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले नेपाल प्रेसलाई जानकारी दिए । अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको थियो । जिल्ला अधिवेशनका लागि छनोट भएका ५३९ मध्ये ५२३ जनाले मतदान गरेका थिए । जसमध्ये अध्यक्षमा विष्टले २९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मधुर शर्माले १८५ र अजय सिंहले २५ मत पाएका थिए ।

त्यसैगरी उपाध्यक्षमा पौडेलले २५७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेगनसिंह कवरले २५१ मत ल्याएका छन् । सचिवमा इन्द्रमणि पौडेल निर्विरोध भएका थिए । यसअघि उनले अध्यक्षमा दाबी गरेका थिए । खुला उपसचिवमा हिरामणि भण्डारी र महिला उपसचिवमा ईश्वरा आचार्य निर्विरोध भए । ८९ सदस्य रहने जिल्ला कमिटीमा अन्य सबै सदस्य निर्विरोध भएका थिए । अधिवेशनको आइतबार एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय