भारतको उत्तराखण्डमा पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
दिल्लीको नोयडाबाट उत्तराखण्ड तर्फ जादै गरेको पर्यटक सवार ट्राभलर गाडी राजमार्गबाट अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।
घटना पछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।