३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

रुसी राष्ट्रपति पुटिन उत्तर कोरियाको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै हुनुहुन्छ। गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ ।

पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो । रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको भएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हातहतियार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ । त्यसको लागि उत्तर कोरियाले अमेरिकी भूमिमै आक्रमण गर्ने लामा दूरीका क्षेप्यास्त्र दिन सहयोग गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय