भुक्तानी दिन माग गर्दै दुग्ध किसानको विरोध प्रदर्शन, ३४ जना पक्राउ

दुधको भुक्तानी दिन माग गर्दै किसानले विरोध प्रदर्शन गरेका छन् । दुधको भुक्तानी तत्काल दिन माग गर्दै आज उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा घेराउ गरेका हुन् ।

उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

विरोध  प्रदर्शनका क्रममा ३४ जना किसानलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता/सहमति समेत कार्यान्वन नभएको किसानको गुनासो छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय