महिला प्रहरीको आत्महत्या दुरुत्साहन आरोपमा बाँकेका एक युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय सिरहाको बाथरुममा मृत फेला परेकी प्रहरी जवान करिश्मा सुनारलाई आत्महत्या गर्न बाध्य पारेको खुलेको छ ।

सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा बाँकेको वैद्यनाथ गाउँपालिका २ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान गर्दा मगरले आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सिरहा प्रहरीले उनलाई घरबाटै पक्राउ गरी ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उदयभान द्विवेदीले मगरमाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको बताए । उनका अनुसार बाँकैको खजुरा गाउँपालिका ४ घर भएकी मृतक प्रहरी जवान सुनार अविवाहित थिइन् ।

गत जेष्ठ ३१ मा जिल्ला प्रहरी कार्यालयभित्र रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तल्लाको बाथरुममा सुनार मृत फेला परेकी थिइन् ।
तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय