भारी वर्षाले गोरुसिंगे-सन्धिखर्क लगायत मुख्य सडक ठप्प

चार दिनदेखी परिरहेको भारी वर्षाका कारण सडक अवरुद्ध बन्दा आवतजावत ठप्प जस्तै बनेको छ । भारी वर्षासंगै पहिरो खस्दा अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड लगायत मुख्य सडक अवरुद्ध भएका छन् ।

पहिरोले अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दहखोला, बहखोर, सितापुर लगायतका क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ । वर्षा जारी रहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यद्दपी एकतर्फी भएपनी सडक खुलाउने प्रयास भईरहेको छ । घुम्ती देखि सन्धिखर्क सम्मको सडक सुचारु हुन करिब ४ घण्टा समय लाग्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

यस्तै सन्धिखर्क ९ नौलापानी, भुमिकास्थान २ हाटबजार, पाणिनी १ को कोप्ता र २ को निगाली लगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेका छन् । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकोले सतर्क रहन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले अनुरोध समेत गरेका छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय