गुल्मीमा पहिरोले विभिन्न सडकहरू अवरुद्ध हुन पुगेका छन् । रिडि–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालिका मोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शुक्रवारदेखी नै ग्रामिण क्षेत्रका सडकमा सवारी साधान चल्न सकेका छैनन्। मदन भण्डारी राजमार्ग अन्तगर्तको तम्घास–सिमलटारी सडकमा पर्ने घमिरखोला, अर्जेखोला, धनार्जी खोला र हुलाके खोलामा पानीको बहाव बढ्दा जोखिम बढेको छ । यस्तै भारी वर्षाका कारण गुल्मीदरबारमा रुख ढल्दा सडक अवरुद्ध छ ।
सानो बिरबासमा रुख ढलेर सडक अवरोध भएको छ । सिमलटारि–तम्घास सडकखण्डको सडकमा माथीबाट पहिरो खसेर अवरुद्ध भएका ठाउँमा बाटो सुचारु गर्ने प्रयत्न भईरहेको छ ।
सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकका ३५ वर्षीय रेशम पुलामीको ढुङगा माटो निर्माण गरिएको १ तले कच्ची घरमा पहिराले पूर्ण क्षति गरेको छ। घरमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर घरको पूर्ण क्षति भएपछि पुलामी आफन्तको घरमा बसेका छन्। उनको घरमा २ जना मात्र बस्दै आएको भएपनि मानविय तथा पशु चौपाया केही क्षेति नभएको प्रहरीले जनाएको छ।
सत्यवती–४ रुद्धवेणी वामी सडकखण्डको नदेवा खोलामा अबिरल बर्षातको कारण पानिको वहाव बढ्न गएको छ। चन्द्रकोट गाउँपालिका ८ टेलिमिल र मजुवा बजारस्थित अबिरल बर्षातको कारण माथीबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक पूर्ण रुपमा अबरोध भएको छ। अहिले उक्त स्थानमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।