पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध बनाएको छ । राजमार्गमा पहिरो खसेपछि पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु क्षेत्र अवरुद्ध छन् । बाटो खुलाउने कार्य जारी छ ।

यस्तै तानसेन–तम्घास सडकखण्डको जोर्ते, अर्गली क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ जाने सवारीसाधन बिच बाटोमै अलपत्र छन् । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ भने अन्य स्थानको पहिरो हटाउने कार्य पनि अँघी बढेको छ ।

पहिरोमा अलपत्र सवारी साधनहरूलाई सुरक्षित बनाउने प्रयास गरिएको र स्थानीय तहहरूसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको विपद व्यवस्थापन समितिले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय