३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

वैदेशिक रोजगारीमा जान पैसा बुझाएका १९७ युवा ठगिए

वैदेशिक रोजगारीमा जाने १९७ जना युवा ठगिएको आप्रवासी स्रोत केन्द्र इनरुवा सुनसरीले सार्वजनिक गरेको छ। वैदेशिक रोजगारीका लागि म्यानपावर र एजेन्टहरूलाई पैसा दिएता पनि अहिलेसम्म ती युवाले न विदेश जान पाएका छन्, न त पैसा नै फिर्ता पाएका छन्। जसले गर्दा उनीहरूको बिचल्ली भएको छ।

आप्रवासी स्रोत केन्द्र इनरुवा सुनसरीका संयोजक धिरज भट्टराईका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विभिन्न मेनपावर तथा एजेन्टले एक करोड ९२ लाख २५ हजार रुपैयाँ ठगी गरेका छन्। जसमा हालसम्म ९४ लाख ६७ हजार रुपैयाँ पैसा पीडितलाई फिर्ता गराइएको छ। जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा पीडितको रकम फिर्ता गराइएको हो।

यस्तै, विदेश जाने तयारीमा रहेका युवाबाट पैसा लिएर नतिर्ने एजेन्टबाट प्रहरीकै पहलमा एक लाख ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ।

मेनपावर कम्पनीहरू र तिनका एजेन्टहरूले झूटो आश्वासन दिएर पैसा लिने अनि लामो समयसम्म सम्पर्कविहीन हुने प्रवृत्ति मौलाएको छ। सुनसरीमा चालु आर्थिक वर्ष २०८१/८२ मा अहिलेसम्मको अवधिमा तीन हजार ३४१ युवाले श्रम स्वीकृति लिएका छन्, जसमा ३२२ महिला छन्। अघिल्लो वर्ष नौ हजार ८०६ जना विदेशिएका थिए, जसमा ८३१ महिला छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय