२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

राजाले देशलाई लुट्ने मात्रै हुन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै वंशको आधारमा देश चलाउनेहरूले देशलाई लुट्नमात्रै जाने टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश पुगे बर्बाद हुने बताए । उनले भने, ‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन । दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो ।

व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् । अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्नमात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन ।’

अध्यक्ष नेपालले अहिले नेपाली विशेषताको समाजवादबारे आफूहरूले छलफल थालेकाले समाजवादी व्यवस्थामा जानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय